ब्रेकिङ स्टोरी

मन्त्रिपरिषदको बैठक सिंहदरबारमा जारी

By खबरहब

November 29, 2023

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल यूएई जानुअघि अहिले मन्त्रिपरिषदको बैठक बसिरहेको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसिरहेको हो ।

नियमित रुपमा हिजो बस्नुपर्ने बैठक आज बसेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको आजबाट हुने यूएई भ्रमण लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

प्रधानमन्त्री दाहाल कोप–२८ सम्मेलनमा भाग लिन आज राति साढे ९ बजे नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यूएई जाँदै छन् ।