फाइल फोटो

आर्थिक

सुनको भाउमा लगातार नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार?

By खबरहब

November 29, 2023

काठमाडौँ-  नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड राख्ने क्रम जारी रहेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार १५० रुपैयाँमा कारोबार भई भएको थियो । मंगलबारको तुलनामा आजको मूल्य १ हजार ६०० रुपैयाँले बढी हो ।

त्यस्तै बुधबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । मंगलबार ताेलाकाे १५०० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा २० रुपैयाँले बढेर १५ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।