आर्थिक

एनसेलको माउ कम्पनी आजियाटा नेपाली बजारबाट बाहिरिने

By खबरहब

November 29, 2023

काठमाडौं- दूरसञ्चार सेवा प्रदायक एनसेलको माउ कम्पनी आजियाटाले नेपाली बजारबाट बाहिरिने घोषणा गरेको छ ।

मलेसियन कम्पनी आजियाटाले नेपालको चुनौतीपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै बाहिरिने निर्णय गरेको हो ।

यससँगै आजियाटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बिक्री प्रक्रिया पनि सुरु गरेको जनाएको छ ।

बुर्सा मलेसिया स्टक एक्चेन्जमा आजियाटाले दिएको निवेदनमा कम्पनीको बोर्डले नेपाली बजारबाट बाहिरिने विषयमा स्वीकृति दिएको उल्लेख छ ।