देश/प्रदेश

तनहुँमा बस दुर्घटना हुँदा ३६ जना घाइते

By खबरहब

November 29, 2023

काठमाडौं- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।

धरानबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ७८९५ नम्बरको बस आफैँ अनियन्त्रित भई सडकबाट तल खस्दा ३६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये केहीलाई पोखरा लैजाने तयारी भइरहेको छ ।