बलिउड/हलिउड

रणवीरको ‘एनिमल’ मा ‘सेन्सर बोर्ड’ को कैँची

By खबरहब

November 29, 2023

काठमाडौं– भारतीय नायक रणवीर कपुर र रश्मिका मन्दनाको मुख्य भूकिमा रहेको फिल्म ‘एनिमल’ मा भारतीय सेन्सर बोर्डले कैँची चलाएको छ । बोर्डले यी नायक–नायिकाको ‘किसिङ सिन’ मा काँटछाट गर्न निर्माण पक्षलाई निर्देशन दिएको हो ।

रणवीर र रश्मिकाको किसिङ सिन यो फिल्ममा चर्चाको विषय पनि हो । भारतीय सञ्चार माध्ययमले जनाएअनुसार यस फिल्मका निर्माण पक्षले पाँच ठूला परिवर्तन गरेको थियो । निर्देशक सन्दीप भंगाले संकेत गरेअनुसार यी दुई कलाकारको किसिङ सिन बोर्डको निर्देशनपछि घटाइएको छ ।

यही शुक्रबारबाट प्रदर्शनमा आउने एलिमलको ‘प्रि–बुकिङ’ उत्साहजनक छ । अनिल कपुर, बबी देओल जस्ता अग्रज कलाकारको अभिनय भएको यस फिल्मले प्रदर्शनमा आउनअघि नै १४ करोडभन्दा बढी कमाइ गरेको निर्माण पक्षले जानकारी दिएको छ । त्यस्तै, यो फिल्मले टिकट बिक्री गरेर भारतमा मात्रै अहिलेसम्म साढे ६ करोड कमाएको छ ।