राजनीति

यस्तो छ एमालेको सङ्कल्प यात्राको रुट (सूचीसहित)

By खबरहब

November 29, 2023

काठमाडौँ- नेकपा एमालेले बिहीबारदेखि पुष्पलाल मध्यपहाडी राजमार्ग केन्द्रित सङ्कल्प यात्रा सुरु गर्दैछ ।

बैतडीको झुलाघाटबाट यात्रा सुरु हुन लागेको हो । यात्राको उद्घाटन गर्न पार्टीका अध्यक्ष केपी शर्मा ओली बैतडी पुगेका छन् । उनले भोलि बिहान झण्डोत्तोलन गरेर यात्राको प्रारम्भ गर्नेछन् ।

अध्यक्ष ओलीले बिहान साढे ८ बजे झण्डोत्तोलन गरिसकेपछि ११ बजे गोठलापानी बजारमा कार्यक्रमलाई सम्बोधन गर्नेछन् । भोलिको यात्रा अमरगढी पुगेर समापन हुनेछ ।

त्यस्तै, दोस्रो दिन अमरगढीबाट यात्रा सुरु भएर सिलगढी पुगेर समापन हुनेछ । तेस्रो दिन सिलगढीबाट सुरु हुने यात्रा मङ्गलसेन पुगेर समापन हुनेछ ।

चौथो दिन मङ्गलसेनबाट यात्रा सुरु भइ दैलेखमा समापन हुनेछ । पाचाैँ दिनको यात्रा दैलेखबाट सुरु भएर सुर्खेतमा समापन हुनेछ भने छैठौँ दिन रुकुमकोट पुगेर यात्रा समापन हुनेछ ।

सातौँ दिनको यात्रा गलकोटमा पुगेर समापन हुनेछ । आठौँ दिनको यात्रा पोखरा पुग्नेछ ।

त्यसैगरी, नवौँ दिन गोरखा, दशौँ दिन बट्टार, एघारौँ दिन धुलिखेल, १२ औँ दिन मन्थली र १३ औँ दिनको यात्रा दिक्तेल पुग्नेछ । १४ औँ दिन भोजपुर, १५ औँ दिन वसन्तपुर, १६ औँ दिन सङ्क्रान्ति बजार र १७ औँ दिनको यात्रा फिदिम पुग्नेछ ।

१८ दिनपछि पाँचथरको चिवाभञ्ज्याङ पुगेर यात्रा समापन हुनेछ । १८ औँ दिन यात्रा पुनः फिदिम फर्किने र फिदिमबाट १९ औँ दिन अर्थात् पुष २ गते काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

यस्तो छ रुट-