सांकेतिक तस्बिर

अपराध

बर्दिया र कञ्चनपुरबाट लागूऔषधसहित चार जना पक्राउ

By खबरहब

November 29, 2023

काठमाडाैं- बर्दिया र कञ्चनपुरबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् ।

बर्दियाकाे बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय १० मिलिग्रामसहित सोही गाउँपालिका-१ शान्तिपुर बस्ने २८ वर्षीय सुजन पुन मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यसैगरी कञ्चनपुरकाे भिमदत्त नगरपालिका-१८ सालघारीबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ४९ मिलिग्रामसहित सोही ठाउँ डेरा गरी बस्ने बेदकोट नगरपालिका-१ बस्ने २३ वर्षीय सुनिल डगौरा समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।