तस्बिर- रोयटर्स

अन्तर्राष्ट्रिय

जापानमा अमेरिकी सैन्य विमान दुर्घटना, १ जनाको मृत्यु

By खबरहब

November 29, 2023

टोकियो- पश्चिमी जापानमा एउटा अमेरिकी सैन्य विमान दुर्घटना हुँदा कम्तीमा एक जनाको मृत्यु भएको छ । अर्का दुई जना बेपत्ता छन् । ६ जना सवार विमान बुधबार पश्चिमी जापानको याकुशिमा टापुबाट ३ किलोमिटर टाढा समुद्रमा दुर्घटनामा परेको थियो ।

अमेरिकी सेनको भी २२ ओस्प्रे विमान दुर्घटनामा परेको हो । विमान दुर्घटनामा परेपछि माछा मारिरहेका माझीहरुले तीन जनाको उद्धार गरेका थिए ।

सो क्षेत्रमा रहेको अमेरिकी सैन्य बलले दुर्घटनाबारे थप विवरण संकलन गरिरहेको रोयटर्सले जनाएको छ । जापानमा ५४ हजार अमेरिकी सैनिक तैनाथ छन् ।

स्थानीय समयअनुसार ३ बजेतिर विमान दुर्घटनामा परेको थियो । दुर्घटनाका बेला विमानको बायाँ इन्जिनमा आगो लागेको जनाइएको थियो ।