फाइल तस्बिर

राजनीति

रास्वपाको उपसभापतिमा वाग्ले, सहमहामन्त्री सुमना श्रेष्ठ

By खबरहब

November 29, 2023

धनुषा – राष्ट्रिय स्वतन्त्र पार्टीले डा. स्वर्णिम वाग्लेलाई पार्टीको उपसभापतिमा मनोनीत गरेको छ । जलेश्वरमा तीन दिनसम्म बसेको पार्टी केन्द्रीय समिति र संसदीय समितिको संयुक्त कैठकले सो निर्णय गरेको हो ।

संयुक्त बैठकले सांसद समेत रहेकी नेतृ सुमना श्रेष्ठ र विपिन आचार्यलाई सहमहामन्त्री चयन गरेको छ । यस्तै कोषाध्यक्षमा लिमा अधिकारी र सहकोषाध्यक्षमा दिपक बोहरा चुनिएका छन् । सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईंलाई जिम्मेवारी दिइएको छ ।

बैठकले पार्टीको केन्द्रीय समिति ६० सदस्यीय बनाएको छ । पार्टीमा सबै सांसदलाई केन्द्रीय सदस्य बनाइएको हो ।

बैठकले पाँच केन्द्रीय सदस्य थप गरेको छ । थपिएका केन्द्रीय सदस्यहरुमा अनिल केशरी शाह, राजन गौतम, नन्दन यादव, पुकार बम र कामिनी चौधरी रहेका छन् ।