खेलकुद

ललितपुर र पोखरा रोकिए गोलरहित बराबरीमा

By खबरहब

November 29, 2023

काठमाडौं – नेपाल प्रिमियर लिग (एनएसएल)मा ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीचको खेल बराबरीमा सकिएको छ ।

दशरथ रंगशालामा भएको खेलमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको हो । पहिलो खेल जितेका दुबै टोली आज दोस्रो जितको खोजीमा मैदान उत्रिएका थिए ।

दुबै टिमले गोलका केही अवसर बनाए पनि फिनिसिङ गर्न सकेनन् । यस सिजनको यो पहिलो गोलरहित बराबरी हो ।