तस्विर रोयटर्स

खेलकुद

ब्राइटनसँग टोटनह्याम ४-२ ले पराजित

By खबरहब

December 29, 2023

काठमाडौँ– ईङलिश प्रिमियर लिग अन्तर्गत ब्राइटनले टोटनह्यामलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा ब्राइटनले टोटनह्यामलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

ब्राइटनको जितमा जोआओ पेड्रोले २ गोल गरेका थिए भने ज्याक हिन्शेलवूड र पेर्भिस एस्तुपिनानले एक एक गोल गरेका थिए । त्यसैगरी टोटनह्यामका लागि अलेजो भेलिज र बेन डेभिसले एक एक गोल गरेका थिए ।

यो ब्राइटनको यस सिजनमा आठौँ जित हो । यो जितपछि ब्राइटन १९ खेलमा ३० अंकसहित आठौँ स्थानमा उक्लिएको छ । त्यसैगरी टोटनह्यामको भने यो यस सिजनमा पाँचौं हार हो ।

 १९ खेलमा ३६ अंक रहेको टोटनह्याम लिगको पाँचौं स्थानमा रहेको छ ।