समाचार

एमाले अध्यक्ष ओली आज चितवन जाँदै

By खबरहब

December 29, 2023

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन जान लागेका छन् ।

चितवनमा हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली त्यसतर्फ जान लागेका अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।

उनी बिहान १० बजे चितवन जाने र भरतपुरको कालिका ब्याङ्क्वेट खोलेसिमलमा आयोजना हुने भेलालाई सम्बोधन गरेर आजै काठमाडौं फर्कने जनाइएको छ।