सांकेतिक तस्बिर

अपराध

बालिका अपहरणकाे आराेपमा एक जना पक्राउ

By खबरहब

December 29, 2023

काठमाडौं–  दुई वर्षीया बालिकालाई अपहरण गरेको आराेपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-३ बालकोट पानीटंकी बस्ने ३७ वर्षीय राज नेपाल रहेका छन् ।

काठमाडौं गौशालाबाट मंगलबार बालिका अपहरण भएको घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई बिहीबार पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय बाट खटिएको प्रहरीले जिल्ला प्रहरी परिसर टेकु काठमाडौं र जिल्ला प्रहरी परिसर भक्तपुरको सहयोगमा भक्तपुर सूर्यबिनायक नगरपालिका-३ बालकोट पानीटंकीबाट ती बालिकालाई सकुशल उद्धार गरी पीडितको परिवारलाई जिम्मा लगाएको छ ।

उनलाई थप अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ  ।