सांकेतिक तस्बिर

अपराध

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

By खबरहब

December 29, 2023

कास्की–  आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा  पोखरा महानगरपालिका-२९ नौबीसे बस्ने म्याग्दी धौलागिरी गाउँपालिका-७ ताकम घर भएका ३६ वर्षीय रत्न बहादुर घर्ती रहेका छन् ।

घर्ती आफ्नै २८ वर्षीया श्रीमती रेखा घर्तीको हत्या गरेको अभियोगमा बिहीबार दिउँसो प्रहरीले पक्राउ परेका हुन् ।

उनले पोखरा महानगरपालिका-२९ नौबीसे चोकस्थित तोरी बारीमा रेखाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कर्यालय शिशुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।