तस्विर रोयटर्स

अन्तर्राष्ट्रिय

युक्रेनी शहरहरूमा व्यापक हवाई आक्रमण

By खबरहब

December 29, 2023

कीएभ– रूसले युक्रेनको राजधानी कीएभसहित युक्रेनका विभिन्न शहरमा शुक्रबार हवाई आक्रमण गरेको अधिकारीहरूले बताएका छन् । युक्रेनले क्रिमियाको फियोडोसिया बन्दरगाहमा रूसी युद्धपोतमाथि आक्रमण गरेको केही दिनपछि उक्त आक्रमण भएको हो ।

कीएभ शहरका मेयर भिटाली क्लिट्स्कोले टेलिग्राममा एक पोस्टमा विस्फोट भएको जानकारी दिएका छन् । युक्रेनको उत्तरपूर्वमा खार्किभ, पश्चिममा एलभिभ र दक्षिणमा ओडेसासहित कम्तीमा पाँच वटा अन्य शहरमा पनि हवाई आक्रमण गरिएको शहरका मेयर र प्रहरीले बताएका छन् ।

सुमी र कोनोटोपमा पनि रातभर आक्रमण भएको बताइएको छ । दक्षिणी ओडेसामा एउटा अग्लो भवनमा ड्रोनबाट खसेको भग्नावशेषले गर्दा आगलागी भएको शहरका मेयरले बताएका छन् ।