फोटोः ट्विटर (प्रमोद न्यौपाने)

समाचार

बालकुमारीमा मन्त्री ज्वालाको गाडी जलाउने ५ जना पक्राउ

By खबरहब

December 29, 2023

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गर्ने ५ जना पक्राउ परेका छन् ।

रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फारम भर्न नपाएको भन्दै मन्त्रीको गाडीमा आगजनी गर्ने ५ जनालाई पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । हाल मन्त्री ज्वालालाई उद्धार गरी सिंहदरबार पुर्‍याइएको पनि उनले बताए ।

उनले भने, “आन्दोलित युवाहरुको समूहले गाडीमा आगजनी गरेको हो, हामीले पाँच जना पक्राउ गरेका छौँ, मन्त्री ज्यूलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पुर्‍याएइको छ ।” ग्वार्कोस्थित ईपीएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए ।

यो पनि…

ईपीएसका विद्यार्थीले जलाए मन्त्री ज्वालाको गाडी