देश/प्रदेश

चितवनको रत्ननगरमा महोत्सव हुने

By खबरहब

December 29, 2023

चितवन- कोरोना भाइरसले थलिएको अर्थतन्त्रलाई चलायमान गर्ने उद्देश्यले चितवनमा रत्ननगर महोत्सव २०८० आयोजना हुने भएको छ ।

रत्ननगर उद्योग वाणिज्य संघले शुक्रबार चितवनमा पत्रकार सम्मेलन गर्दै महोत्सव पुष २६ गते देखि माघ ८ गते सम्म चल्ने जनाएको हो ।

चितवनको कृषि पर्यटन शिक्षा स्वास्थ्या विज्ञान प्रविधि कला स्रस्कृति र व्यापार व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । आर्थिक मन्दीले व्यापार व्यवसाय थला परेको अवस्थामा महोत्सवका कारण सुधार आउने अपेक्षा गरिएको महोत्सव संयोजक शंकर गिरीले जानकारी दिए ।

१२ दिन सम्म सञ्चालन हुने महोत्सवमा ४ सय ५० वटा विभन्न स्थानीय देखि अन्तर्राष्ट्रिय तथ बहुराष्ट्रिय कम्पनीहरुको स्टलहरु रहने उनले बताए । महोत्सवमा ३ लाखभन्दा धेरै दर्शकले अवलोकन गर्नुका साथै २५ करोड बराबरको कारोबार हुने अनुमान आयोजकले गरेको छ ।