ब्रेकिङ स्टोरी

सर्वोच्चले रोक्यो ‘जनयुद्ध दिवस’ को सार्वजनिक बिदा

By खबरहब

December 29, 2023

काठमाडौं – सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा नदिन आदेश दिएको छ ।

न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको इजलासले जनयुद्ध दिवसको दिन बिदा दिने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । सरकारले फागुन १ गते सार्वजनिक बिदा दिँदै आएको थियो ।

शान्ति प्रक्रियाका कार्यभार पूरा नहुँदै गरिएको सार्वजनिक बिदाले पीडितलाई थप पीडाबोध भएको सर्वोच्चको व्याख्या छ ।

फैसलामा भनिएको छ, ‘ नेपालको संविधानको मूल भावना विपरीत निर्णय गर्ने अधिकार संविधानको धारा ७५ ले मन्त्रिपरिषदलाई दिएको सम्झन नमिल्ने हुँदा जनयुद्ध दिवसको अवसरमा भनी देशभर सार्वजनिक बिदा दिने नेपाल सरकारको निर्णय र सुचनाहरुसमेत उत्प्रेषणको आदेशद्धारा बदर गरिएको छ ।’