सांकेतिक तस्वीर

देश/प्रदेश

पोखरामा जलेर घाइते भएकी महिलाको मृत्यु

By खबरहब

January 30, 2023

पोखरा- पोखरा-१३ काहूँखोलामा आइतबार डेरावाल युवकलाई बचाउने क्रममा जलेर घाइते भएकी महिलाको मृत्यु भएको छ । काहूँखोलाकी ४० वर्षीया संगीता सापकोटाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो ।

प्रतिष्ठानका निर्देशक डा। भरतबहादुर खत्रीले सापकोटालाई भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा आज बिहान ११ बजे मृत्यु भएको पुष्टि गरे ।

सापकोटाको घरमा स्टेसनरी सञ्चालन गर्दै आएका ४३ वर्षीय कृष्णबहादुर क्षत्रीले आइतबार बाथरुममा आत्मदाहको प्रयास गरेका थिए । क्षत्रीलाई बचाउने क्रममा घरबेटी घाइते भएकी थिइन् ।