फाइल फोटो

राजनीति

प्रधानमन्त्रीद्वारा तोकिएकै समयमा क्याबिनेटमा उपस्थित हुनुपर्ने नियम लागू

By खबरहब

January 30, 2023

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठकमा तोकिएको समयमा उपस्थित हुने नियम लागू गरेका छन्। स्वयं आफैं वा मन्त्रीहरू बैठकमा ढिलो उपस्थित हुने परिपाटी तोड्दै प्रधानमन्त्री प्रचण्डले तोकिएको समयमा उपस्थित हुने नियम ल्याएका हुन्। 

प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रिय शहीद तथा बेपत्ता स्मारक उद्‌घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बेलैमा आउनुपर्ने नियम लागू गरेकाले आफू पनि समयमा उपस्थित हुने बताएका छन् ।