फाइल फोटो

ब्रेकिङ स्टोरी

प्रधानमन्त्री प्रचण्ड आज चितवन जाँदै

By खबरहब

March 30, 2023

काठमाडौँ – मन्त्रिपरिषद् विस्तारको चटारोका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चितवन जान लागेका छन्।

चितवनस्थित विमानस्थल भवनको शिलान्यास गर्न प्रधानमन्त्री प्रचण्ड चितवन जान लागेको उनको सचिवालयले जनाएको छ।

‘पूर्वनिर्धारित कार्यक्रम भएकाले जान लाग्नु भएको हो । दिउँसो १ बजे काठमाडौँ आउने कार्यतालिका छ’, सचिवालयले भनेको छ।

प्रचण्ड काठमाडौँ फर्किएलगत्तै नयाँ मन्त्रीको शपथ हुने बताइएको छ। प्रचण्डले आज ९ दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।