फाइल फोटो

ब्रेकिङ स्टोरी

राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीले चार प्रतिवेदन पेस गर्ने कार्यसूची

By खबरहब

March 30, 2023

काठमाडौँ – राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सुरु हुनेछ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चार वटा प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । थारु आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८-७९, राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८-७९, राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन २०७८-७९ र आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७८-०७९ प्रधानमन्त्रीले पेस गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

त्यसपछि राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन २०७९ र राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि छलफल गर्ने तयारी छ ।

हेर्नुस् कार्यसूची