फाइल फोटो

राजनीति

नारायणकाजीलाई उपप्रधानसहित गृहमन्त्रीमा सार्ने करिब निश्चित

By खबरहब

March 30, 2023

काठमाडौँ – उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ गृह मन्त्री हुने करिब निश्चित भएको छ ।

भौतिक मन्त्रालय एकीकृत समाजवादीलाई दिएर श्रेष्ठलाई उपप्रधानसहित गृह मन्त्री बनाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी छ।

यसअघि समेत श्रेष्ठले गृह मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । गृह मन्त्रालय प्रधानमन्त्रीकै पार्टीलाई दिने सहमति गठबन्धनमा करिब भइसकेको छ।

पार्टीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ अब भौतिकबाट गृहको जिम्मेवारी सम्हाल्ने श्रेष्ठ निकट एक नेताले बताएका छन् ।