मनोरञ्जन

बेलायतको स्थानीय राजनीतिमा सक्रिय सुमनले ल्याइन् ‘यस्तो एउटा संसार’

By खबरहब

March 30, 2023

काठमाडौँ – गायिका सुनिता थेगिम र गायक गंगाराज राईको स्वर रहेको ‘यस्तो एउटा संसार’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । गायक गंगाराजकै संगीत रहेको सार्वजनिक गीतका शब्द जानु काम्बाङ लिम्बुका हुन् ।

एक प्रेमील जोडीको रोमाञ्चिक प्रेम कहानीले भरिएको ‘यस्तो एउटा संसार’को भिडियोमा अभिनेता ध्रुव दत्त र मोडल रोजिना ढकालको अभिनय रहेको छ ।

डेढ दशकदेखि लन्डनमा बसेर म्युजिक भिडिओ निर्देशनसँगै संचारकर्ममा पनि व्यस्त रहेका निर्देशक कुशल श्रेष्ठको निर्देशनमा तयार भएको भिडिओको निर्माण लन्डनको स्थानीय राजनीतिमा पाइला चाल्दै गरेकी सुमन पुनले गरेकी हुन् ।

यस्तै म्‍युजिक भिडियोको छायांकन र सम्पादन निर्देशक श्रेष्ठले नै गरेका हुन् । कुशल बेलायतका सञ्चारकर्मी हुन् । उनले निर्देशन गरेका दर्जनौं म्युजिक भिडियोभन्दा यो केही पृथक रहेको दाबी गरिएको छ । दीपिका श्रेष्ठको कोरियोग्राफी र मेकअप रहेको गीतमा उदयराज पौडेलको एरेन्ज तथा किशोर थापाको मिक्सिङ छ ।

हेर्नस् भिडिओ