फाइल फोटो

ब्रेकिङ स्टोरी

तनहुँ-१ मा कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार उठाउने

By खबरहब

March 30, 2023

काठमाडौँ – नेपाली कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।

आज पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

मंसिर ४ मा भएको निर्वाचनबाट चुनिएका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै यो क्षेत्र रिक्त भएको हो ।

चितवन–२ मा भने जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ। अब बारा २ मा उम्मेदवार तोक्न बाँकी छ। बारा २ मा सत्ता गठबन्धनको जसपालाई समर्थन गर्ने कि उम्मेदवार बनाउने भन्नेबारे कांग्रेसभित्र छलफल जारी छ।

१९ गते बस्ने बैठकबाट बारा २ बारे थप निर्णय हुने प्रवक्ता प्रकाशसरण महतले जानकारी दिएका छन्।

यी तीन निर्वाचन क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुँदैछ।