फाइल फोटो

राजनीति

अब स्वर्णिम दिनहरु आउने छन् : रवि लामिछाने

By खबरहब

March 30, 2023

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एकको बदला तिन लिएर संसद छिर्ने सपना रहेको बताएका छन् । बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत लामिछानेले आफू गोडामा बिझेका काँडा टिप्न निहुरिएको तर न झुकेको उल्लेख गरेका छन् ।

उनले अब देशमा स्वर्णिम दिनहरु आउने समेत बताएका छन् । कांग्रेस नेता स्वर्णिम वाग्लेले पार्टी परित्याग गरेर रास्वपामा प्रवेश गर्ने तयारी गरिरहेका बेला लामिछानेले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्, ‘मेरा गोडामा काँडा बिझेका थिए।म ती काँडाहरु टिप्न निहुरिएको हुँ,झुकेको होइन।अब स्वर्णिम दिनहरु आउने छन् र यो देश हाम्रो पुस्ताले हाँक्ने छ। एकको बदला तिन लिएर संसद छिर्ने सपना छ।’