क्रिकेट

आईपीएल : हैदराबादसँग दिल्ली ९ रनले पराजित

By खबरहब

April 30, 2023

काठमाडौँ – ईन्डियन प्रिमियर लिग आईपीएलमा सनराईजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ।

दिल्लीको घरेलु अरुण जेट्ली क्रिकेट स्टेडियममा हैदराबाद ९ रनले विजयी भएको हो। हैदराबादले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो।

दिल्लीका लागि फिलिप साल्ट र मिचेल मार्शले अर्धशतकीय ईनिङ खेले। १ सय १२ रनमा १ विकेट गुमाएको अवस्थाको दिल्लीले निरन्तर विकेट गुमाउदा हार व्यहोर्न पुग्यो।

हैदरावादका लागि मंयक मार्कन्डेले २ तथा भुवनेश्वर कुमार,टि नटराजन,अमिल हुसेन र अकिल हुसेनले समान १र१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो।​

हैदराबादका लागि ओपनर अभिषेक शर्माले ६७ रनको अर्धशतकीय ईनिङ खेले। हेनरिक क्लेसनले अविजित ५३ रन बनाए।

आठ खेलमा तीन जित र पाँच हारका साथ हैदरावाद लिगको आठौं स्थानमा उक्लिँदा आठ खेलमा छ हार व्यहोरेको दिल्ली पुछारमा छ।