फाइल तस्वीर

राजनीति

रास्वपाको संसदीय दलको बैठक सोमबार बस्ने

By खबरहब

April 30, 2023

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबार केन्द्रीय तथा संसदीय दलको बैठक बोलाएको छ।

सो बैठकमा पार्टी सभापति रवि लामिछानेलाई दलको नेता चयन गर्ने तयारी छ। त्यसका लागि संसदीय दलका नेता डोलप्रसाद अर्यालले राजीनामा दिइसकेका छन् ।

सो बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा सरकारमा जाने भन्ने निर्णय गर्ने छ। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारीलाई कारबाही गर्ने बुँदा न्यूनतम साझा कार्यक्रमबाट हटाए पछि रास्वपा सरकारमा नजाने बताइरहेको छ।

‘सरकारले न्यूनतम साझा कार्यक्रममा भ्रष्टाचारसम्बन्धी विषय हटाएकाले हाम्रो गम्भीर आपत्ति छ। मतदाताले केही थान मान्छेलाई संसदमा पठाएको होइन। एजेन्डासहित पठाएको हो। अझ निर्मम हुनुपर्ने विषयलाई भएको कुरालाई पनि हटाएकोमा हाम्रो गम्भीर आपत्ति छ। त्यसैले यसमा गम्भीर समीक्षा गरेर मात्र अगाडि बढ्छौँ,’ शुक्रवार शपथ पछि लामिछानेले भनेका थिए।