ब्रेकिङ स्टोरी

महावीर पुनको आन्दोलनमा गोविन्द केसीको ऐक्यबद्धता

By खबरहब

April 30, 2023

काठमाडौँ – राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको नेतृत्वमा चलिरहेको आन्दोलनमा डा. गोविन्द केसीले ऐक्यबद्धता जनाएका छन्।

आविष्कारको क्षेत्रलाई उकास्न सरकार गम्भीर हुनुपर्ने माग राख्दै पुनले थालेका आन्दोलनमा विभिन्न राजनीतिक दल र नागरिक समाजका अगुवाले साथ दिएका छन् ।

यसअघि चिकित्सा क्षेत्रको सुधारका लागि पटक पटक अनसन बसेका केसी आइतबार पुनको धर्नामा साथ दिन माइतीघर पुगेका हुन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि आजै पुनको आन्दोलनमा सहभागी भएका छन् ।

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि हरेक वर्ष बजेट छुटाउनुपर्ने माग गर्दै धर्ना थालिएको हो ।