सांकेतिक तस्बिर

अपराध

बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

By खबरहब

April 30, 2023

भक्तपुर– १४ वर्षीया दुईजना बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-२ बस्ने २२ वर्षीय कर्मा तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुर नगरपालिका-१० कमलबिनायकस्थित एक होटलमा ती किशोरीलाई पुर्‍याई विभिन्न प्रलोभन पारी ललाइ फकाई शुक्रबार राति जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।