देश/प्रदेश

नेपालमा थप ६० कोरोना संक्रमित थपिए

By खबरहब

April 30, 2023

काठकाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ६० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ४७३ नमुनामध्‍ये २७२ जनाको पीसीआर परीक्षण गर्दा २२ जना र १ हजार २०१ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी ६० जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै कोरोनाको सक्रिय सङ्क्रमितको संख्या ३२८ जना पुगेको छ भने संस्थागत आईशोलेशनमा २८ जना, आईसीयूमा ९ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।

 मन्त्रालयकाअनुसार आइतबार मात्रै ५५ जना कोरोना सङ्क्रमणबाट मुक्त भएर घर फर्किइसकेका छन् ।