सांकेतिक तस्बिर

सर्पको टोकाइबाट बैतडीमा महिलाको मृत्यु

By खबरहब

April 30, 2023

काठमाडौँ- बैतडीमा सर्पको टोकाइबाट एक जना महिलाको ज्यान गएको छ ।

पञ्चेश्वर गाउँपालिका २ डाँगा टोलकी २६ वर्षीया निर्मला लुहारको सर्पको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

शनिबार राती गोठमा चौपायालाई घाँस हाल्न गएकी लुहारलाई सर्पले टोकेको र लुहारलाई स्थानीय वैद्यकहाँ लगिएको थियो । वैद्यकहाँ झारफुककै क्रममा ती महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक लुहारको शव पोस्टमार्टम पछि आइतबार आफन्तको जिम्मा लगाएको बैतडी प्रहरीले जनाएको छ।