सांकेतिक तस्बिर

देश/प्रदेश

धादिङमा भीरबाट लडेर आमा-छोराको मृत्यु

By खबरहब

May 30, 2023

धादिङ– धादिङमा भीरबाट लडेर आमा-छोराको मृत्यु भएको छ । बेनिघाट रोराङ गाउँपालिका-२ की १९ वर्षीया अप्सरा चेपाङ र उनको दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार सोमबार घर नजिकै जंगलमा छोरा बोकेर घाँस काट्न गएकी अप्सरा भीरबाट लडेकी हुन् ।

दुवैजनाको  उपचारको क्रममा मलेखु शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।