प्रतिकात्मक तस्वीर ।

देश/प्रदेश

महाकालीमा बेपत्ता किशोर भेटिएनन् 

By खबरहब

May 30, 2023

खलङ्गा- दार्चुलाको सदरमुकाम खलङ्गास्थित महाकाली नदीमा बगेर बेपत्ता भएका एक किशोर अझै फेला परेका छैनन् । दुई दिनदेखि उनको खोजी कार्य जारी छ ।

महाकाली नगरपालिका–१ धमपन्यारका १५ वर्षीय सुदिप धामी सोमबार दिउँसो पौडी खेल्ने क्रममा महाकालीमा बगेर बेपत्ता भएका थिए । साथीहरूसित नदीमा पौडी खेलिरहेका धामी नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेद्रबहादुर सिंहले जानकारी दिए ।

बेपत्ता धामीको खोजी कार्य जारी छ । खोजी कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी संलग्न रहेका छन् । उनी खलङ्गास्थित महेन्द्र नमूना उच्च माविमा कक्षा १० मा अध्ययनरत थिए ।