अन्तर्राष्ट्रिय

उत्तर अफगानिस्तानमा १० जना अपराधी पक्राउ

By खबरहब

May 30, 2023

एजेन्सी- अफगानिस्तानको उत्तरी तखार प्रान्तमा आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा अफगान प्रहरीले गत महिना ११० जनालाई पक्राउ गरेको प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल मोबिन साफीले मङ्गलबार बताएका छन्।

पक्राउ परेकाहरूमा लुटपाट, मोबाइल चोरी, किर्ते, लागुऔषध ओसारपसार जस्ता गैरकानुनी गतिविधिमा संलग्न रहेकोपनि सफीले जानकारी दिका छन् । ती अपराधीहरू माथि थप अनुसन्धान भइरहेको पनि उनले बताए ।

यो कदम अफगान कार्यवाहक सरकारको देशमा कानून र व्यवस्था सुनिश्चित गर्न आपराधिक तत्त्वहरूमाथि कारवाही गर्ने प्रयासको पमा अर्थ्याइएको छ । गत हप्ता यस्तै कारवाहीमा प्रहरीले अफगानिस्तानको राजधानी काबुलमा आठ जना अपराधीलाई पक्राउ गरेको थियो।