फाइल फोटो

देश/प्रदेश

आजको तरकारी तथा फलफूलको मूल्य

By खबरहब

June 30, 2023

काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

सार्वजनिक मूल्यसूची अनुसार लोकल गाँजर प्रतिकेजी न्यूनतम मूल्य १०० रुपैयाँ, भारतीय प्याज सुकेको ४४, घिउ सिमी लोकल १००, कुरिलो २००, काउली स्थानीय प्रतिकेजी ४० रुपैयाँ , आलु रातो ४३, नेपाली गोलभेँडा ठूलो ५०, टनेल गोलभेडा सानो २५, लौका ७० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २४० रुपैयाँ , ब्रोकाउली ६०, कागती १५० रुपैयाँ, तोरीको साग ४० रूपैयाँ, न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काँक्रो ७०, गुन्द्रुक २५०, अदुवा प्रतिकेजी २८० रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा दर्जन १४०, अनार ३८० रुपैयाँ, एभोकाडो ६०० रुपैयाँ, अंगुर कालो ५२०, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ, रहु माछा ३१५, ताजा माछा (मुङ्ग्री)  ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै, मालदह आँप ७०, हरियो धनिया १००, लोकल लीच्ची १००, खुर्सानी सुकेको ४५०, लसुन १५०, चाइनिज लसुन २१०, छ्यापी सुकेको १२० मा कारोबार भइरहेको छ ।