देश/प्रदेश

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिङ सडकखण्ड सुचारु

By खबरहब

June 30, 2023

चितवन- पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिङ सडकखण्ड सञ्चालनमा आएको छ ।

बिहीबार साढे नौ बजेतिर चितवनको ईच्छाकामना गाउँपालिका ५ मा नारायणगढ मुग्लिङ–सडक खण्डको ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

शुक्रबार सवा ५ बजेतिर पहिरो पन्छाएर उक्त सडक दुईतर्फी रुपमा सुचारु भएको प्रहरीले जनाएको छ ।