सांकेतिक तस्बिर

देश/प्रदेश

आफ्नै काकाको हत्या गरेको आरोपमा एक जना पक्राउ

By खबरहब

June 30, 2023

काठामडौँ– आफ्नै काकाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन ।

आफ्नै काका ८१ वर्षीय कृष्णबहादुर प्रजापतीको हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका ९ सूर्यमणी बस्ने ३५ वर्षीय नुछे प्रजापतीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

नुछेले कुटपिट गर्दा गम्भीर घाइते भएका कृष्णबहादुरको ट्रमा सेन्टर अस्पताल हुँदै पाटन अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

कुटपिट पश्चात फरार रहेका नुछेलाई प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका ७ महेश्वरी खेलमैदानबाट पक्राउ गरेको हो ।