देश/प्रदेश

पोखरामा जलवायु परिवर्तनसम्बन्धी दुई दिने सम्मेलन सम्पन्न

By खबरहब

June 30, 2023

काठामडौँ- पोखरामा जलवायु परिवर्तनसम्बन्धी दुई दिने सम्मेलन सम्पन्न भएको छ ।

नेपाल यूएस अलम्नाई नेटवर्क (नुसान) र इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) को सहआयोजना एवम् नेपालस्थित अमेरिकी दूतावासको सहायतामा पोखरा महानगरपालिकामा सम्मेलनको आयोजना गरिएको हो ।

जलवायु परिवर्तनका समस्या समाधान गर्ने प्रतिबद्धतासहित सम्मेलन सम्पन्न भएको हो ।कार्यक्रममा सहभागीहरुले मौसम परिवर्तनका कारण अल्पकालीन एवम् दीर्घकालीन चुनौती देखिएको भन्दै यसको सम्बोधन गर्न अग्रसर हुनुपर्नेमा जोड दिएका थिए ।

सम्मेलनमा नेपालस्थित अमेरिकी दूतावासको जनसरोकार प्रमुख ग्यारेट विल्करसन, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, पोखरा महानगरपालिकाका नगरप्रमुख धनराज आचार्यसहित नेपालका जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत ७० जनाभन्दा धेरै युवाहरुको सहभागिता रहेको थियो ।