सांकेतिक तस्बिर

समाचार

प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा दुईजना पक्राउ

By खबरहब

July 30, 2023

रूपन्देही– प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा सियारी गाउँपालिका-७ अमुवा बस्ने ३० वर्षीय लाल बहादुर थारू र ४० वर्षीय जित बहादुर थारूलाई प्रहरीले पक्राउ गरेको छ । 

सियारी गाउँपालिका-७ अमुवास्थित जनता माध्यमिक विद्यालय अमुवा रूपन्देहीको खेल मैदानमा प्रथम अमुवा सांस्कृतिक रमाइलो मेलामा उनीहरु दुवै जना झगडा गरेको अवस्थामा इलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा प्रहरी टोली माथि नै दुर्व्यवहार गरेकोले उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।