देश/प्रदेश

बर्दघाटमा बस दुर्घटना हुँदा ७ जना घाइते

By खबरहब

August 30, 2023

नवलपरासी– नवलपरासीको बर्दघाटमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।

काठमाडौँबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ९०११ नम्बरको रात्रि बस अनियन्त्रित भएर पल्टिँदा बसमा सवार ७ यात्रु घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेको चिसापानी अस्पताल बर्दघाटमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी भोजराज पाण्डेले जानकारी दिए ।

दुघर्टनापछि चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।