देश/प्रदेश

एमाले नेताहरु चढेको बुद्ध एयरको जहाज अवतरण नगरी जनकपुरबाट फिर्ता

By खबरहब

August 30, 2023

काठमाडौँ– नेकपा एमालेका शीर्ष नेताहरू चढेको बुद्ध एयरको जहाज जनकपुर विमानस्थल नजिकै पुगेर अवतरण नगरी काठमाडौँ फर्किएको छ ।

जहाजमा प्राविधिक समस्या आएपछि फिर्ता भएको विमानस्थल कार्यालयले जनाएको छ ।

एमालेको आजदेखि सिरहाको धनगढी नगरपालिकास्थित विष्णुपुरकट्टीमा सुरु हुने सचिवालय बैठकमा सहभागी हुन नेताहरु जनकपुरहुँदै त्यसतर्फ जाने तयारीमा थिए ।

जहाजमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुवास नेम्वाङ, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, उपमहासचिव विष्णु रिमाल, अमृत बोहरा लगायतका नेता जनकपुर जान लागेका थिए ।

नेताहरु अब अर्को जहाजमार्फत जनकपुरहुँदै सिरहा जाने तयारीमा छन् ।