खेलकुद

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकामना

By खबरहब

August 30, 2023

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टोलीलाई जीतका लागि शुभकामना दिएका छन् ।

आज बिहान पाकिस्तानमा रहेको नेपाली टोलीसँग भर्चुअल बैठक गर्दै प्रधानमन्त्री प्रचण्डले जितका लागि शुभकामना व्यक्त गरेका हुन् ।

शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रक‍ो विकास र खेलाडीहरूको हितका निम्ति आफूले हमेसा ध्यान दिएको बताए ।

भर्चुअल बैठकमा नेपाली टिमका क्याप्टेन रोहित पौडेलले टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिस्पर्धामा प्रस्तुति रहने प्रधानमन्त्रीलाई जानकारी गराए । नेपालले आज घरेलु टिम पाकिस्तानसँग खेल्दै छ।