देश/प्रदेश

पाल्पा पहिरो : मृतक तीन जनाकै पहिचान खुल्यो

By खबरहब

August 30, 2023

पाल्पा–  पाल्पाको रिब्दीकोटमा गुडिरहेको जिपमाथि ढुंगा खस्दा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ । 

मृत्यु  हुनेमा गुल्मीको रेसुङ्गा नगरपालिका–७, की ५० वर्षीया मनकला चुँदारा, गुल्मी प्रहरीमा कार्यरत प्रहरी सहायक हवल्दार तानसेन नगरपालिका–११, बन्दीपोखराका ४२ वर्षीय यमबहादुर बोहोरा र पोखरा महानगरपालिका–२५, हेम्जाका ३१ वर्षीय विनोद तिम्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताएका छन् । 

तीनै जनाको घटनास्थलमै माथिल्लो भागबाट खसेको सुख्खा पहिरोले जिप पुरिँदा मृत्यु भएको हो ।

गुल्मीको तम्घासबाट पाल्पा भई बुटवल जाँदै गरेको लु १ ज ४६०० नम्बरको रुरु रेसुङ्गा यातायात प्रा.लि.को जिप सडक स्तरोन्नति गरेको जोर्ते क्षेत्रमा सुख्खा पहिरोले च्यापिएको थियो ।