राजनीति

प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिय सरकार बनाउनुपर्छ : मन्त्री किराती

By खबरहब

August 30, 2023

काठमाडौँ– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुलुकलाई अघि बढाउन वर्तमान प्रचण्ड नेतृत्वको सरकारलाई नै राष्ट्रिय सहमतिय सरकार बनाउनुपर्ने बताएका छन् ।

टुरिस्ट बस एशोसियसन अफ नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा किरातीले मुलुकका सबै समस्या समाधानका लागि प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिय सरकार बनाउनुपर्ने र यसका लागि आफू कुर्सी छाड्न पनि तयार रहेको बताए ।

मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नका लागि सबैले त्याग गर्न तयार हुनुपर्ने भन्दै मन्त्री किरातले राष्ट्रिय सहमतिका लागि आफूले जस्तोसुकै त्याग गर्ने जिकिर गरे । उनले सबै राजनीतिक दलहरू मिलेर नै संविधान जारी भएको भन्दै सबैको एकताबाट नै राष्ट्रिय समस्या समाधान हुन सक्ने बताए ।

त्यस्तै मन्त्री किरातीले एकात्मक राज्यका समयमा बनाइएको पर्यटन ऐनलाई अव संघीयता अनुसार परिवर्तन गर्नुपर्ने र यस क्षेत्रलाई अघि बढाउनुपर्ने धारणा राखे ।