प्रवास

संखुवासभा समाज कतारद्वारा अभियन्ता तथा पत्रकार शाहीलाई सम्मान 

By खबरहब

August 30, 2023

दोहा– संखुवासभा समाज कतारले अभियन्ता तथा कुशल पत्रकार विकास शाहीलाई सम्मान गरेको छ ।

जुम्ला सिंजा घर भई लामो समयदेखि पत्रकारितामार्फत प्रवासी नेपालीको विषयमा कलम चलाइरहेका वर्ल्डवाइड सोसियल मिडिया इनवेन्चर्समा कार्यरत शाहीलाई सम्मान गरिएको समाजका अध्यक्ष राजेन्द्र खनालले जानकारी दिए ।

उनी कतार भ्रमणमा आएको बेला संखुवासभा समाज र लाली गुराँस रेस्टुरेन्टको आयोजनामा लाली गुराँस रेस्टुरेन्टको सभा हलमा भएको कार्यक्रममा सम्मान गरिएको अध्यक्ष खनालले बताए ।

सम्मान कार्यक्रममा उनले हालसम्म नेपालका लागि गरेको योगदानका लागि संखुवासभा समाज र लाली गुराँस रेस्टुरेन्ट कतारले उच्च मुल्यांकन गर्दै सम्मान स्वरुप प्रमाणपत्र र मायाको चिनो प्रदान गरेको थियो ।

सम्मान कार्यक्रम समाजको तर्फबाट अध्यक्ष खनाल लगायत अन्य पदाधिकारी तथा रेस्टुरेन्टका सञ्चालक पर्शुराम दाहाल तथा पुनम दाहालको उपस्थिति रहेको थियो ।