ब्रेकिङ स्टोरी

त्रिभुवन विमानस्थल भन्सारका १३७ जनाले मागे सरुवा

By खबरहब

August 30, 2023

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका १ सय ३७ जना कर्मचारीले सामूहिक सरूवा मागेका छन्। 

विभागका महानिर्देशकलाई सम्बोधन गर्दै लेखिएको पत्रमा हालै घटेको सुन काण्डको कारण आफूहरूलाई विभिन्न निकायबाट दुःख दिइएको भन्दै उनीहरूले सरूवाको माग गरेका हुन् । 

काम गर्ने वातावरण नभएको भन्दै  त्रिभुवन विमानस्थलका ३५ अधिकृतसहित १ सय ३७ कर्मचारीले एकैसाथ सरूवा मागेका हुन्।  

राज्यबाट उपलब्ध स्रोत, साधनको अधिकतम उपयोग गरेर आफ्नो ज्ञान, सीप र क्षमताले भ्याएसम्म असल नियत र मनसायका साथ कार्यजिम्मेवारी पूरा गर्दै आएकोमा बिना कारण दुःख दिने र मानसिक रूपमा क्षतविक्षत बनाउने कार्यले कामकारबाही गर्न कठिन भएको कर्मचारीहरूले सार्वजनिक गरेका पत्रमा उल्लेख छ।

कामकाज गर्ने मनोविज्ञान तथा वातावरण नरहेको भन्दै सो भन्सार कार्यालयबाट सामूहिक सरुवा गरिदिन उनीहरूले आग्रह गरेका छन् ।