फाइल तस्वीर

राजनीति

बागमती प्रदेशसभामा दुई विधेयक दर्ता

By खबरहब

August 30, 2023

मकवानपुर– बागमती प्रदेशसभा सचिवालयमा आज प्रदेश सरकारका तर्फबाट दुईवटा विधेयक दर्ता गरिएको छ ।

दर्ता गरिएका विधेयकमध्ये प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले बताए ।

प्रदेशसभाको अधिवेशन यही भदौ १८ गते अपराह्न १ः३० बजे बस्ने गरी आह्वान भइसकेको पनि सो सचिवालयले जनाएको छ ।