ब्रेकिङ स्टोरी

सुन तस्करी प्रकरण : नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

By खबरहब

August 30, 2023

काठमाडौँ- सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन् ।

विद्युतीय चुरोट भेपमार्फत सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा उपाध्यक्ष महराका छोरा राहुललाई बुधबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सोधपुछका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी पुगेका उनलाई त्यहीँबाट पक्राउ गरिएको हो ।