ब्रेकिङ स्टोरी

कृष्णबहादुर महराका छोरा राहुललाई पाँच दिन थुनामा राख्न अनुमति

By खबरहब

August 30, 2023

काठमाडौँ- सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुललाई अदालतले पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले काठमाडौँ जिल्ला अदालतसमक्ष उनलाई १० दिन थुनामा राख्न अनुमति मागेको थियो ।

यद्यपि अदालतले भने उनलाई ५ दिन थुनामा राख्न अनुमति दिएको हो ।